रामेछाप । माघ २० गते,
रामेछाप जिल्लामा पहिलो पटक राजपत्रांङ्कित प्रथम श्रेणी अर्थात सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारी आउँने भएको छ । गृह मन्त्रालयले रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीलाई सरुवा गरेसंगै सहसचिव स्तरका रुद्रादेवि शर्मालाई जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउने भएको हो । मन्त्रालयले केसी सहित आइतबार प्रथम र द्धितिय श्रेणीका ३२ जना अधिकारीहरुको सरुवा गरेको छ । माघ १९ गतेको मन्त्रीस्तरको निर्णयबाट केसीको सरुवा भएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारीको रुपमा केसी करिव १० महिना अघी गृह मन्त्रालयबाट रामेछाप आएकी थिइन् ।
रामेछापमा पहिलो पटक सहसचिव स्तरको प्रजिअ आउँदै
- प्रकाशित मिति: सोमबार, माघ २० २०७६
- तामाकोशी