डडेल्धुरा, माघ १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का डडेलधुराको आलिताल गाउँपालिका कमिटी अध्यक्षलाई निर्घात कु*टपिट गरिएको छ । अज्ञात समुहले अध्यक्ष जोशीलाई पहरण गरी निर्घात कुटपिट गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । डडेल्धुरा प्रहरीका अनुसार आज दिउसो करिब १ बजेतिर वडा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।
उनी वडा नं. ३ को वडा बैठकमा जाँदै गर्दा वण्डले भन्ने स्थानबाट मुकुण्डो धारी समूहले जोशीको अपहरण गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुहको कुटाईबाट गम्भिर घाइते भएका जोशीको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जिल्लामा उपचार नभएपछि उनलाई एम्बुलेन्समार्फत उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।