सोलुखुम्बु । माघ १३ गते,
सोलुखुम्बुको सामुदायिक रेडियो दूधकोशी एफ.एम ९४.५ मेगाहर्जको रिपिटर टावरमा आगलागी भएको छ । सोलुदूधकुण्ड नगरपालिका ८ को पत्तालेमा रहेको रिपिटर टावरसहितको घरमा आइतबार राति आगलागी भएको स्थानिय भाईछुङ शेर्पाले जानकारी दिए । राति लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा सोमबार विहान २ बजे मात्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ईन्टरनेट सेवा प्रदायक संंस्था वेब सर्फर प्रा.लिको उपकरणमा समेत क्षति पुगेको छ ।
ईन्टरनेटको टावरमा प्रयोग भएको ब्याट्रिबाट आगलागी भएको खुलेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए । आगलागीबाट एक तले घर, टावरमा रहेको ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका सचिव बिनोद बस्नेतले बताए । वि.स २०६३ सालमा सोलुखुम्बुको सल्लेरीमा स्थापना भएको ५ सय वाट क्षमताको रेडियो विभिन्न कारणले गर्दा अहिले बन्द अवस्थामा थियो ।
सोलुखुम्बुको दूधकोशी एफ.एमको टावरमा आगलागी
- प्रकाशित मिति: सोमबार, माघ १३ २०७६
- तामाकोशी