रामेछापको सुनापतिमा अहिले सम्मकै बृहत साँस्कृतिक कार्यक्रम हुदै

  • प्रकाशित मिति: शनिबार, माघ ११ २०७६
  • तामाकोशी

रामेछाप ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर १ सिम्पानीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । चेतनशिल युवा सेवा समितिको आयोजनामा हुने उक्त कार्यक्रम अहिले सम्मकै बृहत तथा पहिलो कार्यक्रम हुने आयोजकले जानकारी दिएको हो ।
राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बृहत प्रस्तुति रहने उक्त साँस्कृतिक कार्यक्रमको आवश्यक तयारी तिब्र भईरहेको कार्यक्रम संयोजक एवं कलाकार गोविन्द गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु प्रकाश कटुवाल, दामन रुपाखेती, रामकुमार पौडेल, सिर्जु अधिकारी, कुमार कार्की, रामकुमार नेपाली, विवश बस्नेत, भिमसेन उदास, सुशिता घिसिङ र सपना तामाङ लगाएत अन्य कलाकरहरुको बेजोड प्रस्तुति रहनेछन् ।
रामेछाप साँस्कृतिक कलाकार समाज सह-आयोजक रहेको उक्त कार्यक्तममा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यता एवं विभिन्न तह तप्काका व्यक्तित्वहरुको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।