श्रृजनशिल युवा समाज चिसापानीको अध्यक्षमा पुनः श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, माघ ११ २०७६
  • तामाकोशी

रामेछाप । माघ ११ गते,
श्रृजनशिल युवा समाज चिसानीको अध्यक्षमा पुनः भूवनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न २४ औ साधारण सभाले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभाबाट उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रामकुमार कर्माचार्य, सुशिला कर्माचार्य , सञ्जिव श्रेष्ठ र अर्जुन श्रेष्ठ छानिएका छन् ।
साधारण सभामा बोल्दै गाउँपालिका अध्यक्ष तामाङ्ले नागरिक संस्थाहरुलाई वैदेशिक अनुदान आउने क्रम केही घटेका भए पनि स्थानीय सरकारसँग मिलेर काम गर्न सक्ने धेरै ठाउँ भएको बताए । उनले यसका लागि सामाजिक संस्थाहरुलाई सहकार्यमा आउन आग्रक गरे ।
कार्यक्रममा मन्थली गाउँपालिका ८ चिसापानीका वडाअध्यक्ष राजकुमार श्रेष्ठले श्रृजनशिल युवा समाजले धेरै नेता र अभियान्ताहरु उत्पादन गरि सकेको बताए । सो कार्यक्रममा समाबेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल श्रेष्ठ, भिमेश्वररुद्र मावि चिसापानीका प्रधानाध्यापक शंकर ढुंगेल लगायतले संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा रेडियो तीनलाल एफएको प्रवर्धक संस्था एभरग्रिन सुनापति मिडिया प्रालिका सञ्चालक सदस्य वलराम श्रेष्ठ लगायत ५ जनालाई विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै सम्मानित गरिएको थियो ।