रामेछाप । माघ १० गते,
रामेछाप उद्योग वाणिज्य संघका नवनिर्वा्चित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । संघको कार्यालयमा शुक्रबार रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले नवनिर्वा्चित पदाधिकारीलाई सपथ खुवाएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष केशव प्रसाद घिमिरेले आफूहरुको तीन वर्षे कार्यकालमा उद्योगी र व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संघको ७ औं जिल्ला अधिवेशनमा पेश भएको कार्ययोजनालाई कार्यान्वयन गराउने र चुनावमा दुबै समूहबाट घोषणा गरिएका प्रतिवद्धतालाई पनि छलफल गरेर कार्यान्वयन गराउनेमा आफ्नो टिम लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापाले नवनिर्वा्चित अध्यक्ष घिमिरेलाई पद हस्तन्तरण गर्दै निर्वा्चित पदाधिकारी र सबै सदस्यलाई बधाई दिएका थिए । गत माघ ५ गते भएको संघको निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा नविन थापा मगर , बाणिज्य उपाध्यक्षमा दामोदर थापा ,उद्योग उपाध्यक्षमा भिमशेन थापा ,महासचिवमा नवराज ढुँगेल ,सचिवमा सुरेश उदाश , कोषाध्यक्षमा पवनकुमार कठायत , महिला सदस्यमा जया सुवेदी र आजीवन सदस्यमा आकाश रिजाल निर्वाचित भएका थिए । त्यसैगरी सुमिका श्रेष्ठ , राजु थापा ,कुमार श्रेष्ठ , किशोर पौडेल र यज्ञप्रसाद सुवेदी संघको खुला सदस्यमा निर्वाचित भएका थिए ।
रामेछाप उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी द्धारा पदभार ग्रहन
- प्रकाशित मिति: शुक्रबार, माघ १० २०७६
- तामाकोशी