सांसद दीपक मनाङे पक्राउ

  • प्रकाशित मिति: बिहिबार, माघ ९ २०७६
  • तामाकोशी

काठमाडौं, ९ माघ । सांसद राजीव गुरुङ ‘दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको प्रहरी जनाएको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए। दैनिक नेपालमा लेखिएको छ ।