आस्था राउत बिनाकारण नै रिसाइन् त ? पक्कै पनि होइन”आस्थासँगै प्रहरीलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्छ – प्रमोद खरेल

  • प्रकाशित मिति: मंगलबार, माघ ७ २०७६
  • तामाकोशी

काठमाडौं । गायक प्रमोद खरेलले कलाकारका पक्षमा बोलिदिने संस्था नभएको बताएका छन् । कलाकारको चौतर्फी आलोचना भएका बेला संगठित रुपमा आवाज उठाउने आधिकारिक संस्थाको अभाव रहेको उनले बताएका छन् ।

विमानस्थल प्रकरणमा विवादित गायिका आस्था राउतको आलोचना भैरहेका बेला संस्थागत रुपमा बोलिदिने संस्था नभएको महसुस भएको गायक खरेलले बताका हुन् । १११ वर्ष लामो इतिहास बोकेको नेपाली गायनमा अझै संगठित रुपमा शून्य कै अवस्था रहेको उनको गुनासो छ । विमानस्थलमा सुरक्षा जाँचमा प्रहरीलाई असहयोग गरेको भन्दै गायिका राउतको चौतर्फी विरोध भएर प्रहरीले पक्राउ पुर्जि जारी गरे पनि महिला प्रहरीबारे प्रश्न नउठाइएकोमा खरेलको गुनासो छ । सीसीटीभी फुटेजमा आवाज नभएकाले महिला प्रहरीको पनि गल्ती हुन सक्ने भन्दै उनलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने उनको धारणा छ ।



“प्रहरीको सुरक्षा जाँचमा सहयोग नगर्ने आस्थाको कमजोरी भएकोमा दुई मत छैन । तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ,” खरेलले आफ्नो फेसबुक अकाउन्टमा भनेका छन्, “उनी बिनाकारण नै रिसाइन् त ? पक्कै पनि होइन । दिनभर ड्युटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन् होला भन्न पनि मिल्दैन । तसर्थ गल्ति को प्रतिशत जति भए पनि अनुसन्धान दुईपक्षीय नै हुनुपर्छ एक पक्षीय हैन ।”

प्रमोद खरेलले लेखेको स्टाटसः
गायक–गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम श्रेष्ठ (वि.सं. १९६५) देखि आजको दिनसम्मको इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भइसक्ने बेलामा पनि संस्थागत रुपमा शून्य नै रहेको आभाष भयो अहिले ।

केहीदिन देखि चर्चामा रहेको आस्था राउत प्रकरणमा सकारात्मक वा नकारात्मक (समर्थन वा आलोचना) कुनै पनि टिप्पणी गर्ने गायक–गायिकाको संस्था नहुँदा करोडौं स्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ ।

गएको केही दिनबाट सामाजिक सञ्जालमा भाइरल यो प्रकरणले आस्था राउतलाई पक्रने आदेश दिएको छ । जहाँसम्म लाग्छ । यो निर्णय बाहिरिएको सीसीटीभी फुटेजभन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शब्दहरु नै हुन् । जुन आफैंमा केही अस्वाभाविक र कलाकारलाई असुहाउँदा नै छन् । र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरीका लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन । जुन बारे स्वयम् आस्था ले नै स्विकार गरी माफी मागिसकेकी छिन् । तर माफीले नपुगेरै होला प्रहरीले अनुसन्धानका निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किमबाटै प्रहरीलाई सहयोग गर्ने बताइसकेकी छिन् । सीसीटीभी फुटेजमा अडियो छैन । दुवैले के बोले थाहा छैन । जहाँ दुवैको दोष हुन सक्छ । प्रहरीको सुरक्षा जाँचमा सहयोग नगर्ने आस्थाको कमजोरी हो दुई मत छैन । तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ । उनी बिनाकारण नै रिसाइन् त ? पक्कै पनि होइन । दिनभर ड्युटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन् होला भन्न पनि मिल्दैन, तसर्थ गल्तिको प्रतिशत जतिजति भए पनि यदि अघि बढ्ने नै हो भने अनुसन्धान दुईपक्षीय नै हुनुपर्छ एक पक्षिय हैन ।

तर आम नागरिकको प्रहरी प्रतिको विश्वस्वनियता, नागरिकप्रति प्रहरीको हातेमालो, विगत देखि नै कलाकारलाई प्रहरीले र प्रहरीलाई कलाकारले गर्ने व्यवहार पवित्र छ । एकाध व्यक्तिगत घटनालाई समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोड्नु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सञ्जालमा कलाकार र प्रहरीका पक्ष विपक्ष हुँदै ध्रुविकरणतिर जाने र इख बटुलेर अघि बढ्ने हो भने त्यसले दीर्घकासलन फाइदा गर्दैन ।

आस्था यस घटनाबाट विक्षिप्त पक्कै छिन । आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै । यसमा प्रहरी र निर्णयकर्ताले नै टुंगो लगाउलान् वा सामान्य सोधपुछ पछि घटना सकिएला । आस्थाले सार्वजनिक रुपमा माफि माग्दै घटनाको अन्य गर्लिन् । अब आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरीले । यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरीलाई नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ । केही समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाउँदै गरेको हँसिलो तस्बिर सामाजिक सञ्जालमा देख्न पाइयोस् ।