विप्लव सदस्या पदम राई ‘विकास’ सत्तारुढ नेकपा प्रवेश ! विप्लवको पार्टीमा प्रकाण्डको ‘कमब्याक’

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १९ २०७६
  • तामाकोशी

काठमाडौं -पदम राई नेकपा प्रवेशपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुन कमब्याक भएका छन्। पक्राउ परेर छुटेदेखि प्रवक्ता प्रकाण्ड कारवाहीमा परेका थिए। प्रकाण्डलाई विज्ञप्ति जारी गर्ने जिम्मा दिएका विप्लव आफैँले विज्ञप्ति प्रकाशन गर्न थालेका छन्।

साउन २३ गते राजधानीबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले पटक(पटक रिहा गर्न आदेश दिएको थियो। तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिने गर्दथ्यो। डेढ महिनामा प्रहरीले प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङलगायतका जिल्ला पुर्याएको थियो। अन्तत उनी असोजमा रिहा भएका थिए।
गृहमन्त्री रामबहादुर थापा ुबादलुसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको बताइएको थियो। पार्टीभित्र उनी कारवाहीमा पर्नुको मुख्य कारण पनि यही थियो। प्रतिबन्धित नेकपाका नेताका अनुसार सूचना चुहाएको आरोपसमेत प्रवक्ता प्रकाण्डमा लागेको थियो।



प्रकाण्ड पक्राउ परेदेखि प्रवक्ताको जिम्मेवारी पनि विप्लव आफैँले सम्हाल्दै आएका छन्। तर, पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेपछि भने प्रवक्ताकै रुपमा प्रकाण्डले एक विज्ञप्ति जारी गरे। विज्ञप्तिमा राईलाई कारवाही गरेर पार्टीबाट निकालिएको व्यहोरा उल्लेख छ।

‘क्रान्तिको कठिन तर महान प्रक्रियामा टिक्न नसकेका कयौं कचराहरू पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य हो’, प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्रममा रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टीको नीति र कार्यक्रमको विरुद्धमा गएपछि गत स्थायी समितिको बैठकले निलम्बन गरेका पदम राई झन्झन् पार्टीविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ।’

उसो त प्रकाण्ड निकट नेता हुन् राई। तर, आफू निकट नेतालाई पार्टी निकाला गरिएको विज्ञप्तिसहित प्रकाण्ड कमब्याक हुनुको अर्थ केरु भन्ने प्रश्नको उत्तर समयले बताउँदै जाला। अहिलेलाई प्रकाण्डले आफू निकट नेतालाई नै पार्टी निकाला गरिएको वक्तव्य जारी गर्दै कमब्याक हुनु कुनै संकेत मान्न सकिन्छ।

गत भदौ ६ गते बसेकको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुरुप समितिले सरकारबाट भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको म्यान्डेट पाएको थियो।

वार्ता समितिले पहिलो प्रथामिकतामा विप्लव नेतृत्वको पार्टी नै राखेको छ। तर, पहिलो प्रथामिकतामा राखेको पार्टीसँग नै वार्ता सफल हुन सकेन। वार्तामा जानको लागि प्रकाण्ड निकट नेता राईले विप्लवलाई दबाब सिर्जनाको अभियान समेत चलाएका थिए।

पढनुहोस :
काठमाडौं स् घुम्बाराहीमा आइतबार बिहान राजनीतिक चहलपहल बाक्लै थियो। सधैंजसो सुनसान रहने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को मुख्यालयमा बिहानै नेता कार्यकर्ताको भिडभाड थियो। कारण थियो, प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’को सत्तारुढ नेकपा प्रवेश।

पूर्वराज्यमन्त्री समेत भइसकेका विकासलाई स्वागत गर्न नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ आउने खबरले पत्रकारको उपस्थिति राम्रो थियो। तर, प्रधानमन्त्रीसमेत रहेका केपी ओली आएनन्। अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले राईलाई पार्टीमा स्वागत गरे।

विकासलाई नेकपामा स्वागत गर्दै प्रचण्डले विप्लवलाई पुनः सँगै काम गर्न आह्वान मात्र गरेन, एकदिन उनी नेकपामै आउँने दाबी गरे। ‘एकदिन विप्लव पनि यही ठाउँमा आउँनुपर्छ र यही ठाउँमा आएर मिसिनुपर्छ’, उनले भने,‘सबैलाई क्षति गर्नेबाटो उहाँहरु हिँड्नु भएको छ, यो बाटोबाट कुनै गन्तव्यमा पुगिँदैन।’

त्यसै विकासले योबाटो हिँडेर देशलाई नोक्सानी मात्र हुने भएकाले आफू नेकपामा आएको प्रष्ट पारे। ‘हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाइएको छ अब फेरि त्यस्तो नहोस्’ उनले भने,‘पहिले सरकारी वार्ता टोलिसँगे भेटेर वार्ताका लागि मैले पहल पनि गरेको थिएँ।’

कारवाहीमा परेका थिए विकास

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता तथा जनसरकार उपप्रमुख समेत रहेका विकास वैकल्पिक सरकारका उपप्रमुख पनि थिए। सचिवालय सदस्य सन्तोष बुढामगर ९विषम०को नेतृत्वमा विप्लवको पार्टीले केन्द्रीय तहमा जनसरकार बनाएको थियो। विकास उक्त पार्टीका पोलिटब्यूरो सदस्य पनि थिए।

गत महिना अन्नपूर्ण पोस्ट्मा विप्लवलाई वार्तामा आउन आफू लगायतका नेताहरुले दबाब दिइरहेको र वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने भनाइ राखेपछि उनलाई पार्टीले कारवाही गरेको थियो। त्यसपछि उनी निरन्तर सत्तारुढ दल नेकपाको नेताहरुको सम्पर्कमा थिए।

गृहमन्त्री रामबहादुर थापा, उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी लगायतले राईको पार्टी प्रवेश कार्यक्रमका लागि भूमिका निवार्ह गरेका थिए। राई २०६४ को पहलिो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्वर १ वाट निर्वा्चित भएका थिए। उनलाई गत देश तथा प्रतिनिधीसभा चुनावमा भोजपुरमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईमाथि बम आक्रमण गरेको अभियोग लागेको थियो। त्यो बेला उनी मोरङ जिल्ला अदालतबाट ६० हजार धरौटीमा रिहा भएका थिए।

राईले नेकपा प्रवेश कार्यक्रममा आफु सुरक्षाको खोजी गदै नेकपा प्रवेश नगरेको प्रष्ट पारेका छन्। उनले विप्लव हिँडेको बाटोवाट क्रान्ति टुंगोमा नपुग्ने निष्कर्षमा पुगेको बताए। अन्नपूर्णपोस्टबाट साभार