भोलि शनिबार सकेसम्म यस्ता खानेकुरा खादै नखानुहोस

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १७ २०७६
  • तामाकोशी

यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ । केही खानेकुरा यस्ता छन् जसलाई शनि देवताले मन पराउँदैनन् ।

– यदि तपाईं शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस् । किनभने सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । 



– तपाई दैनिक आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न चाहनुहुन्छ भने शनिवारको दिन आँपको अचार नखानुहोस् । आँपको सेवन शनिदेवलाई मन पर्दैन

।– शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस् । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् ।–शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ । जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ ।