आफ्नै मामा बाटै भान्जी यसरि भईन बारम्बार बलात्कृत ,हेर्नुहोस यो भिडियो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३८५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई अष्ट्रेलियाको मेलवर्नबाट प्रत्यक्ष प्रसारण गरिएको छ । आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः



१. आफ्नै मामाबाट बलात्कृत किशोरीलाई मुद्धा फिर्ता लिन परिवारकै दबाब
झापा । आफ्नै सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको खुलासा भएको छ । झापाको शिवसताक्षी नगरपालिका—११, दुधेका ४१ वर्षीय एक अर्धबैंशे मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया किशोरी भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भइरहेको छ । गत बिहीबार बिहान घरमा कोही नभएको मौका छोपेर मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको किशोरीको भनाइ छ ।

२. टिभी जर्नलिष्टलाई हातपात गर्ने प्रहरीमाथि छानबिन सुरु, वीर अस्पतालको यस्तो सिस्टम कहिले फेरिएला ?
काठमाडौं । प्रहरी नियन्त्रणमा परेका व्यक्तिको स्वास्थ्य परीक्षणका क्रममा वीर अस्पताल र कालीमाटी प्रहरी वृत्तका प्रहरीको लापरवाही तथा हाम्रो टिभी जर्नलिष्टमाथि भएको हातपातका बिषयमा छानबिन सुरु भएको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिले मदिरा सेवन गरे/नगरेको परीक्षण गर्ने क्रममा वीर अस्पतालमा कुनै मेडिकल प्रक्रिया नै नगरी आँखाले व्यक्ति हेरेकै भरमा आँैठा छाप लगाएर मापसे प्रमाणित गरिरहेका देखाएका थियाँै ।

३. स्वास्थ्य परीक्षण नै नगरी निरोगिताको प्रमाण पत्रका भरमा ‘लाइसेन्स’ !
पोखरा । सवारी चालक अनुमति–पत्र लिदा परीक्षार्थीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम छ । पोखरा स्थित यातायात व्यवस्था कार्यालयमा भने स्वास्थ्य परीक्षणनै नगरीकन सवारी चालक अनुमति–पत्र ‘लाइसेन्स’ दिने गरेको पाइएको छ । परीक्षार्थी ट्रायल परीक्षामा सहभागी हुनु पूर्व कार्यालयले तोकेको स्थानबाट रगत समूह परीक्षण र आँखा परीक्षणपछि प्राप्त निरोगिताको रिपोर्टका आधारमा अन्य परीक्षामा सहभागी हुनुपर्छ । न्यु 24 बाट साभार