घरमा दुईवटा श्रीमती हुदाहुदै कामदारकी श्रीमती बाथरुममा लगेर यौनधन्दा

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

विराटनगर, १६ जेठ । उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा उद्योग सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । उद्योग सञ्चालक विराटनगर ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । यो समाचार दैनिक अनलाइन खबरमा लेखिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजालसले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।



अदालतको आदेशपछि गौतमलाई पुर्पक्षको लागि जिल्ला कारागार मोरङमा पठाइएको छ । गौतम विराटनगर ३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि(डिजाइनका काम र सीटीपीको प्लेट बन्ने गरेको छ ।

उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई गएको वैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको परिवार बसेको कोठाभित्र लगेर जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले गएको वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले त्यसैदिन गौतमलाई पक्राउ गरेको थियो ।

गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिसरमै लामो समयदेखि फेमिली क्वार्टरमा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा ती महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको थियो । गौतमले गएको १५ वैशाखमा उद्योगको बाथरूममा लगेर करणी गरेको आरोप छ । आरोपित गौतमका दुई श्रीमती रहेको पनि बताइएको छन् ।