बिश्व वातावरण दिवसमा रामेछापको मन्थली नगरपालिकामा सप्ताहब्यापी कार्यमक्रम

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १६ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १६ गते,
विश्व वातावरण दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकामा सप्ताहव्यापी कार्यक्रम विहिबारबाट सुरु भएको छ । स्वच्छ वायु स्वस्थ जीवन भन्ने मूल नाराका साथ बिश्व वातावरण दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिएको हो । बिहिबार मन्थलीको नागकन्या माध्यामिक विद्यालयको परिसरमा बिरुवा रोपेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरिएको छ । मन्थली नगरापलिकाको आयोजना तथा सरकारी तथा गैरसरकारी संघ संस्था र बिद्यालयहरुको समन्वयमा सुरु गरिएको कार्यक्रम जेठ २२ गते बुधबार सम्म संचालन हुने मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले बताए । साताव्यापी कार्यक्रम अन्तरगत शुक्रवार र शनिबार मन्थली मावि लगाएतका नगर बिद्यालयहरुमा बृक्षरोपण, आइतबार नगर स्तरीय वातावरण सम्बन्धी वक्तृत्वकला, सोमबार मन्थली बजार सरसफाई, मंगलबार वातावरण संरक्षण सम्बन्धि सचेतना पुस्तीकाबारे छलफल र बुधबार कार्यक्रमको समिक्षा र साँझ दिप प्रज्वलन गरी समापन गरीने कार्यक्रम रहेको छ ।