धादिङमा खस्यो पर्यटक बस

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १५ २०७६
  • तामाकोशी

१५ जेठ, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ । सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।