रामेछाप, जेष्ठ १५ गते ।
रामेछाप मन्थली नगरपालिका वडा न ६ सेलेघाटमा माइकोक्रो बस दुर्घटना भएको छ । दोलखाको मालुखोला देखि काठमान्डौको लागि छुटेको बा ४ ख २९८२ नम्बरको गाडी विहान करिव आठ बजे सेलेघाटको मोडमा ब्रेकफेल भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता एवं प्रहरी निरिक्षक शेख अदालतका अनुसार दुर्घटनामा परी चालक सहित १३ जना घाइते भएका छन् ।
घाइतेमध्ये आठ जनाको सामान्य उपचार पछि घरफर्केका छन् भने बाँकी पाँच जनाको स्थानिय शुभजिवन हस्पिटल र सामुदायिक हस्पिटल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाई छ ।