रामेछाप । जेठ १५ गते,
रामेछापको लिखु तामाकोसी गाउँपालिका ६ खिम्तिमा महिलाहरुको लागि उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। लिखुतामाकोसी गाउँपालिका वडा नं ६ को आयोजना तथा उषाकिरण कृषि सहकारी संस्थाको समन्यमा सूरु भएको सो तालिम ७ दिन सम्म सञ्चालन हुने छ । 
तालिममा वडा नं ६ का विभिन्न सहकारी संस्था तथा समुहका ३० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ । तालिममा महिला अधिकार सम्बन्धि व्यवस्था, स्थानीय शासन सञ्चालन र महिला सहभागिता, नेतृत्व विकास, सार्वजनिक मन्तव्य तथा उद्घोषण्को विषयमा प्रशिक्षण दिईने आयोजक वडा कार्यालयकी वडा सदस्य एवं लिखु तामाकोसी गाउँकार्यपालिका सदस्य सुशिला वरुवालले जानकारी दिइन् ।
लिखुतामाकोसी गाउँपालिकामा उद्घोषण तथा क्षमता अभवृद्धि तालिम सुरु
- प्रकाशित मिति: बुधबार, जेष्ठ १५ २०७६
- तामाकोशी