विप्लवलाई अर्को संकट !!! बीना मगरका पूर्वपती सहित तीन जनाले गरे विप्लव समूह परित्याग

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १४ २०७६
  • तामाकोशी

काठमाडाैँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन् । मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।



शंकर अधिकारी खानेपानी मन्त्री बीना मगरका पूर्वपती हुन् । अधिकारी तत्कालीन एमाओवादीको काठमाडौँ जिल्ला नेता हुँद पार्टी विभाजनसँगै उनी बैद्य समूह र त्यसपछि विप्लव समूहमा पुगेका थिए । दैनिक नेपालबाट साभार