कारागारमा रेसम चौधरीको यस्तो अवस्था

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १४ २०७६
  • तामाकोशी

काठमाडौं : टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी जेलभित्रै बिरामी परेका छन्।चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी बारम्बार विरामी परेका थिए।

जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।
करिब एक सातादेखि जेलभित्रै विरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन्।



चौधरीकी श्रीमती रंजिताले बताए अनुसार ,‘उहाँले जेलबाट राजपाका नेताहरुलाई बारम्बार फोन गर्नु भयो। तर नेता जीहरुले वास्ता गर्नु भएन।
नेता जीहरुले भेट्न भन्‍नुभएको छैन।’रंजिताका अनुसार आफ्नै पार्टीका नेताहरुले सहयोग गर्न छोडेपछि चौधरी निरास हुँदै पार्टी छोड्न मनस्थितिमा पुगेका छन्। नेपाल इन्साईडरबाट खबर