काठमाडौं । हिरासतमा रहेका कैदीलाई भेट्न गएका २ युवा पक्राउ परेका छन् । मंगलबार बिहान ८ बजेतिर हिरासतमा रहेका दाजुलाई भेट्न गएका २ युवा लागुऔषधसहित पक्राउ परेका हुन् । लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट नगरपालिका–६ का दाजु नविन शाही ठकुरीलाई भेटन आएका भाई र उनका साथीलाई महानगरीय प्रहरी प्रभाग बलम्वुमा कार्यालयभित्रैबाट नै लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
बलम्वु प्रभागका प्रहरी निरीक्षक शंकर खड्काले दाजुलाई भेट्न आउँदा ल्याएको खानेकुरा दालमोठ, चाउचाउको प्याकेटभित्र लागूऔषध भेटिएको बताए ।
उनले भने, ‘चाउचाउ र दालमोठ दाजुलाई दिन ति दुई युवाहरुले प्रहरीलाई आग्रह गरे । चाउचाउभित्र शंका लाग्यो र बन्द चाउचाउ खोलें । चाउचाउ खोले हेर्दा नाईट्रो भ्याट १५ ट्याप्लेट र कालो चरेस ३ ग्राम फेला पर्यो ।’
इन्सपेक्टर खड्काले थुनुवालई भेट्न आएका युवाहरुले बोकेर ल्याएको चाउचाउभित्र लागु औषधसहित दुई युवाहरुलाई पक्राउ गरेको पुष्टी गरे । पक्राउ पर्नेमा जिल्ला कालीकोट राजकोट नगरपालिका–६ का बालकुकारी वस्ने वर्ष १९ का पुजन बम ठकुरी र झापा दमक नगरपालिका –१ का बर्ष २२ का धमेन्द्र लिम्वु रहेका छन् ।
प्रहरीले ति युवाहरुले करिव २०० मिटर पर रोकिराखेको भे५प १३०५ नम्वरको मोटरसाइकल समेत बरमद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।