रामेछापमा १ करोड ७७ लाख लागतमा ६ वटा कृषि सडक बन्ने

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १४ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १४ गते,
रामेछाप जिल्लामा ६ वटा कृषि सडक निर्माण को बन्ने भएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा ६ वटा सडक निर्माणको काम अगाडि बढेको छ । यस आर्थिक बर्ष्भित्र नै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको तीन नम्बर प्रदेशको कृषि मन्त्रालय अन्तर्गत रहेको कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख सूर्य बरालले बताए ।
रामेछापको गोकुलगंगा गाउँपालिमा पञ्चशिल पशु कृषि तथा माछा फार्म जोडने गोकुलगंगा गाउँपालिका–३ बेताली पताले सडक ३५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ । त्यसैगरी ह्याडला कृषि सहकारी संस्था लिमिटेड जोडने मन्थली गरपालिका–१४ को झगडेडाँडा समुन्द्र विस्ली कृषि सडक २७ लाख, मन्थली नगरपालिककै वडा नम्बर १४ को मोटनागी अर्गा्निक चिया उत्पादन सहकारी संस्था लिमिटेड जोडने भोटनागी चियाबगान सडक निर्माण गर्न ३३ लाख रुपैयाँमा सम्झौता भएको छ । त्यसैगरी रामेछाप नगरपालिकाभित्र पनि दुई वटा कृषि सडक निर्माणको काम अगाडि बढेको छ ।
आर्दश महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोडने रामेछाप नगरपालिका वडा नम्बर ७ मा दिपीमोगन सडक र रामेछाप नगरपालिका ७ कै चामबोट भटमासडाँडा चौतारा सिम्ले सडक निर्माण गर्न २५ लाख रुपैयामा काम अगाडि बढेको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ८ मा टार सुर्के सडक खण्ड उपभोक्ता समिति अन्तर्ग टार सुर्के सडक २७ लाख रुपैयाँमा निर्माण भइरहेको बरालले बताए । यही असार महिनाभित्र नै सबै सडक निर्माण सम्पन्न हुने गरी सम्झौता भएको छ ।