विप्लव वमको सिकार भए बझाङका प्रज्वल शाही-को हुन ? प्रज्वल शाही

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १३ २०७६
  • तामाकोशी

काठमाडौँमा भएको बम विस्फोटमा बझाङका एक जनाको मृत्यु भएको छ। बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नम्बर १ निवासी प्रज्वल शाहीको बम बिस्फोटमा मृत्यु भएको हो। शाही प्रतिबन्धित चन्द समूहका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) इकाईका विधार्थी नेता हुन्। कक्षा १० सम्म गाउँकै स्कुलमा पढेका उनी त्यसपछि काठमाडौं गएका थिए। २०६८ मा उच्च शिक्षाका लागि काठमाडौं छिरेका उनी काम गर्दै र पढ्दै गरिरहेका थिए।