काठमाडौं-धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला परेको छ। उप–महानगरपालिकाको वडा नम्वर ४ वसपार्क स्थीत श्रीपाल होटलको कोठा नम्वर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको हो । उनीसंगै रहेका धनगढीका २ जनालाई पक्राउ पनि गरिएको छ।
धनगढी उत्तरवेहडीका यसपाल मल्ल र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। दुवै जना लागु औषधी सेवनकर्ता रहेको प्रहरीले जनाएको छ। शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दिनेश खबरबाट साभार