रामेछापको उमाकुण्ड गाउँपालिकाको सवै वडामा क्षमता अभिबृद्धि तालिम

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १३ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १३ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिकाले महिला तथा बलबालिकाहरुको क्षमता अभिबृद्धि र नागरिकहरुको न्याय सम्पादन सम्बन्धी तालिमलाई जोड दिएको छ । गाउँपालिका भित्रका बालकालिका तथा महिलाहरुको क्षेमता अभिवृद्धि गरी उनीहरुलाई समाजको मुलधारमा ल्याउँने प्रयास स्वरुप गाउँपालिकाले अहिले प्रत्येक वडामा क्षमता अभिबृद्धि र न्याय सम्पादन सम्बन्धी तालिम संचालन गरिरहेको छ । वडा नं ६ गुप्तेश्वरबाट सुरु भएको तालिमको १७ गते वडा नं १ को गुम्देलमा समापन गर्ने गाउँपालिकाको योजना छ ।
आइतबार गुप्तेश्वरबाट सुरु भएको उक्त तालिम सोमबार वडा नं ७ भुजिमा वडा अध्यक्ष रुद्रमणि नेवारको अध्यक्षता र गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । अधिवक्ता पाण्डव प्रसाई , गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुबेदी र अधिवक्ता यादब प्रसाद दाहालले तालिममा सहजीकरण गरिरहेका छन् । तालिमकै अवसर पारी उमाकुण्ड गाउँपालिकाका ९ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई झोला र छाता सहित प्रसंसा पत्रले सम्मान गरिएको छ ।
त्यसैगरी १५ जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री खरिदका लागि प्रति ब्यक्ति रु ३ हजार ५ सयका दरले नगद बितरण पनि गरिएको छ । त्यसैगरी ५० बर्ष भन्दा मुनिका ७ जना एकल महिलाहरुलाई पछ्यौरा र छाता उपलब्ध गराइनुका साथै वडामा रहेको मेलमिलाप केन्द्रलाई टेवुल कुर्चि लगाएतका फर्निचरहरु समेत हस्तान्तरण गरिएको छ । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्किले महिला र बालबालिकाको र न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको यस्तो तालिमले आगामि बर्ष पनि निरन्तरता पाउँने बताइन् ।