रामेछापमा नक्कली बमको त्रास , ट्रिपरमा आगजनी

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १३ २०७६
  • तामाकोशी

रामेछाप । जेठ १३ गते,
रामेछापमा विप्लव समुहले राखेको नक्कली बमको कारण बिहानभर अवरुद्ध भएको यातायात सुचारु भएको छ । मन्थली नगरपालिका–६ हात्तीटारमा राखिएको बम नक्कली भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले त्रास फैलाउने गरी मात्र राखिएको नक्कली बम भएको बताए । । जिल्ला प्रहरी प्रमुख भट्राईले नक्कली बमको कारण अवरुद्ध भएको यातायात सुचारु भएको बताए ।
अहिले मन्थलीदेखि खुर्कोटसम्म स्कटिङ गरेर मालबहाक तथा यातायातका साधनहरु संचालन गरिएको उनको भनाई छ । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसीले विप्लव समुहको बन्दका कारण घट्न सक्ने संभावित घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताइन् । अहिले सुरक्षाका लागि तीन वटै सुरक्षा निकायलाई ठाउँठाउँमा परिचालन गरिएको जानकारी दिइन । सोमबार बिहानै जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीटारमा विल्लव समुहले ट्रिपरमा आगजनी गरेका थिए । खुर्कोटबाट मन्थली आउँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपर आगलागीबाट पुर्ण क्षेती भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले जानकारी दिएका छन्