बैतडी, १२ जेठ । सुदूरपश्चिमको पहाडी क्षेत्रमा शनिवार राति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिवार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि गत चैत २६ गतेपनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । चैत ४ गतेपनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार ३ पटक भूकम्प गएको थियो ।
सुदूरपश्चिममा पहाडमा केही महिना यता निरन्तर ४ म्याग्निच्यूड आसपासका भूकम्पको धक्का महसुस भइरहेको छ। गण्डकी टाईम्सबाट साभार