यसरि भएको रहेछ पाँचथरमा हत्या, गाउँकै धामीले खुलाए यस्तो रहस्या । घटना हुनुअघि यस्तो झारफुक भएको रहेछ

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १२ २०७६
  • तामाकोशी

काठमाडौं- पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाँइले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएका छन्। सोमबार राती मिक्लाजुङ्ग-३का बमबहादुर र उनका माइला ज्वाइँ धनबहादुरको परिवारका ९ जनाको हत्या भएको थियो। दुई परिवारको घर १५ मिनेटको पैदल दुरीमा छ।

उक्त घटनापछि बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिम पनि आफ्नो गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको मलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ। उनी झुण्डिएको ठाउँभन्दा २ सय मिटर जति वर रहेको भिरजस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश १ का डिआइजी केदार रिजालले बताए । यसैबिच सामुहिक हत्याको बारेमा धामीले रहस्य खोलेका छन् । हत्या हुनुअघि सो घरका व्यक्तिहरुले आफुसँग झारफुग गरी यस्तो बताएको धामी बताउँछन ।