काठमाडौं । प्रज्वल महतले कहिल्यै पनि सोचेका थिएनन् आफ्नै दाई उज्वल महतले बहिनी सरी बुहारीको घाँटी छिनाएर विभत्स हत्या गर्छन् भन्ने । तर जे नसोचेको त्यही भईदियो । प्रज्वलको क्यानडा जाने सपना मात्रै अधुरो भएन जुनीभरी अञ्जनासँग सँगै बाँच्ने सपना पनि अधुरो बन्यो । पछिल्लो समय भाई बुहारी क्यानडा जाने तयारी गरेदेखि उज्जवल असन्तुष्ट रहँदै आएका थिए । कारण थियो उनीहरुको सामुहिक घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया । उज्वललले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरी स्रोत बताउँछ ।ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ । प्रहरी वृत्त चापागाउँका प्रमुख राजकुमार खिउजुले उज्जवलले आँफुले हत्या गरेको स्विकार्दै हत्याको कारण पारिवारिक नै भएको बताउँदै आएका छन् ।
हत्या गरे लगत्तै प्रहरीको सम्र्पकमा आए लगत्तै उज्वलले अदालतमा आफूलाई बुहारी अञ्जनाको रहनसहन, घर परिवारसँगको व्यवहार र आनीबानी चित्त नबुझेको बताए। अदालतले घटनाका बिषयमा सोधेको थियो। उनले भएको सबै घटना खुलाए। केही समयदेखि अफिस जान छाडेका ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर प्रज्वललको मुख्य रिस सगोलको घर धितो राख्ने र बेच्ने बिषय नै थियो ।आफ्नो स्वास्थ्य अवस्थाका कारण तनावमा भएका उनले हत्या गर्नुको मुख्य कारण पारिवारिक हो भन्ने खुलेको छ’ प्रहरी वृत्त चापागाउँका प्रमुख राजकुमार खिउजुले भने, ‘बयान लिने र थप प्रमाण संकलन गर्ने काममा हामी सक्रिय छौँ।’ मोडल समेत रहेकी सुन्दरी अञ्जनाको सुन्दरताका कारण कतिपयले हत्याका पछाडि शारीरिक सम्बन्ध, जबर्जस्ती करणी र शारीरिक आकर्षण पनि हत्याको कारण हुनसक्ने आशंका गरेका छन्। जुन कुराको थप रहस्य अञ्जनाको पोष्ट मार्टम रिर्पोटले बोल्नेछ । पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।
https://youtu.be/hSh1XN_dzhU