सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ १२ गते आइतबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ मे २६ तारिक कृष्णपक्ष सप्तमी तिथि विहान ८ वजेर १ मिनेट सम्म उप्रान्त अष्टमी तिथि,धनेष्ठा नक्षत्र मध्यान्ह १२ वजेर ४८ मिनेटसम्म उप्रान्त शतभिषा नक्षत्र,ऐन्द्रियोग,बवकरण, आनन्दादियोग मातङ्ग, सूर्य वृष राशीमा,चन्द्रमा कुम्भ राशीमा ।
शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २८ वजेसम्म रहनेछ । सामान्य गुली–अपरान्ह ३ वजेर २६ मिनेटबाट ५ वजेर ८ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ५ वजेर ८ मिनेटबाट ६ वजेर ५० मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह १२ वजेर १ मिनेटबाट अपरान्ह १ वजेर ४४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः– अपरान्ह ५ वजेर १ मिनेटबाट ५ वजेर ५६ मिनेटसम्म रहनेछ ।
बार वेला
सूर्यास्तबाट ८ वजेर ८ मिनेटसम्म शुभ वेला,८ वजेर ८ मिनेटबाट ९ वजेर २६ मिनेटसम्म अमृत वेला,९ वजेर २६ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म चर वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर २ मिनेटसम्म रोग वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म काल वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३७ मिनेटसम्म लाभ वेला,२ वजेर ३७ मिनेटबाट ३ वजेर ५५ मिनेटसम्म उद्वेग र ३ वजेर ५५ मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ
शुभ अशुभ राशीफल
मेषः–आकस्मिक आम्दानीको योग देखिन्छ । थोरै प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । गोपनियता भङ्ग नगर्नु होला । न्यायिक मार्ग कमजोर देखिन्छ ।
वृषः– काममा देखिएका समस्या कम भएर जानेछन् । कुरा काट्नेहरु सहयोग गर्न अग्रसर हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ । न्यायिक तथा शैक्षिक मार्ग सफल देखिन्छ । अरुको भर नपर्नु होला ।
मिथुनः– समय सुधारोन्मुख छ तर कामले पूर्ण गति समात्ने छैन । आध्यात्मिक तथा भौतिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा उपलब्धिका काम ओझेल पर्ने छन् ।
कर्कटः–काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा पीडा थपिनेछ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । स्वास्थ्यको ख्याल राखेर काम गर्नु होला ।
सिंहः– आफ्नै पहलमा विवादित कामको टुङ्गो लाग्नेछ । मुद्धामा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
कन्याः– फाइदा लिन कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
तुलाः– अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् ।
वृश्चिकः– आफ्नो मर्म वुझिदिने कोहि हुने छैन । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ । आफन्तको सहयोग कुरामा मात्रै सिमित हुने देखिन्छ ।
धनुः– कत्ति पनि दुविधामा नपरि काम गर्नु होला । समयले थोरै साथ दिनेछ । काम गर्ने वातावरण थोरै बन्नेछ । आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा सचेत रहनुहोला ।
मकरः– दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनबाट भ्रम झिकेर फाल्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु भएमा बढि उपलब्धि हात लाग्नेछ ।
कुम्भः– समयले थोरै साथ दिनेछ । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् ।
मीनः– दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण विग्रिनेछ,भत्किनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । जोखिम नमोल्नु होला ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु –पंडित श्रीकण्ठ सुराचार्य ।