अमेरिका दुख सुख गरेर्रै अरुको लागि रोजगारी सृजना गर्ने को हुन् शंकर केसी,पढ्नुहोस

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
  • तामाकोशी

काठमाडौं-बिश्वमा सूचना प्रविधि (आइटी) क्षेत्रमा भएको उपलब्धि हेर्दा लाग्छ, अब मानव केवल भौतिक रुपमा जिवित छ तर बिश्वासै गर्न नसकिने अपत्यारिला कामहरु संचार र प्रविधिले धान्दै आइरहेको छ ।बिश्व जगतमा एक से एक नविनतम उपलब्धिलाई आइटी जगतले पुर्याएको योगदान उच्च र सराहनिय छ । आइटी क्षेत्रले जसरी बिश्वलाई गतिशिल बनाएको छ त्यसरी नै सुचना प्रविधिप्रतिको मोह, लगाव र सुगन्धले मन्त्रमुग्ध भएका एउटा नेपाली ठिटोले अमेरीकाको चिरपरिचित सुचना प्रविधिको शहर ’सिलिकन भ्याली’ मा आइटी व्यवसायसंगै नेपालीहरुलाई रोजगारी दिएर सिप, दक्षता र अर्थोपार्जनमा अग्रता लिइरहेका छन् ।नेपाली दाज्यु भाई दिदी वहिनी लाई प्राथमिकता मा राखि रोज़गारी दिएको उनको भनाई छ ।

सेजल आइटी मार्फत सूचना प्रविधिको क्षेत्रमा दिन प्रतिदिन छलाङ मार्दै गइरहेका केसीले आफ्नो व्यवसायलाई तिव्र बिस्तार गर्दै लग्नुका साथै नेपाली दाजुभाइ दिदीबहिनीहरुका लागी रोजगारी सृजना गरिदिएका छन् ।



ललितपुरको जावलाखेलमा जन्मिएका आईटी स्पेसलिष्ट शंकर केसी स्वभावतः मृदुभाषी र कामप्रति लगाव भएका ब्यक्ति हुन् । सन २००५ देखी अमेरीका बस्दै आएका केसी नेपालमा रहँदा नै सुचना प्रविधि (आईटी)मा संलग्न थिए, नेपालका विभिन्न इन्ष्टिच्युसनमा आईटी सम्वन्धि काम गरेका केसीले आफुभित्रको प्रतिभा र चाहनालाई अझ उर्वर बनाउने उद्देश्य लिएर भारतका हैदारावाद, दिल्ली र मद्रासका प्रख्यात कम्पनीहरुमा समेत आईटी बिशेषज्ञका रुपमा काम गर्दै जिवनका मार्गलाई अझ फराकिलो बनाए । यो तिनै शंकर केसी हुन जस्ले भारतका शहरहरुमा आईटी बिशेषज्ञका रुपमा आर्जन गरेका सीप, दक्षता र उचाईले अमेरीकाको ’सिलिकन भ्याली’ सम्म ल्याइदियो ।

मनभरि अनेकन भावना र सवल भविष्यको सपना बुनेर सात समुन्द्र पारी हानिएको एउटा नेपाली ठिटोले अमेरीका आएदेखि निरन्तर यहि क्षेत्रमै काम गर्दै प्रविधिको महागाउं ’सिलिकन भ्याली’मा सिर्जना गरेको सेजल आईटी भवन, निरन्तर नेपालीहरुलाई दिएको रोजगार र कम्पनीले प्राप्त गरेको सफलताले एकपटक सबैलाई सोच्न वाध्य गराउँछ । स्कुले जिवनमा दुःखले साधारण शिक्षा आर्जन गरेपनि शंकर केसीको लागि उक्त शिक्षा जिवनकै सुनिश्चित मार्ग बन्न सफल रह्यो । मानिसमा अद्भुत प्रतिभा हुन्छ जुन शिक्षा र वास्तविक जिवन (करियर)संग मेल नखान सक्छ, हो यस्तै भयो शंकर केसीको जिवनमा ।

उनले आर्जन गरेको प्रारम्भिक शिक्षाबाट न सुचना प्रविधिको महासञ्जालमा जेलिन्छु भन्ने सोचेका थिए न त अमेरीकाको सिलिकन भ्यालीमा सेजल आईटी स्थापना गरेर यो खालको उच्चता मापन गर्छु भनेर । तर शंकर केसीको आत्मबिश्वास, लगाव र पेशाप्रतिको व्यग्र चाहनाले यो विरासत जमेको कुरामा दुइमत नहोला ।

क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित फ्रिमोन्टमा रहेको आईटी कम्पनी सिजल आईटीका सञ्चालक हुन, शंकर केसी । सफ्टवयर प्रविधि सम्बन्धि विज्ञ मानिने केसी बिगत २५ बर्षदेखी यो क्षेत्रमा संलग्न छन । काठमाडौमा सुचना प्रविधि सम्वन्धि बिभिन्न कम्पनी र भारतका दर्जनौ कम्पनीमा काम गर्दा आफ्नो क्षमता देखाएर निरन्तर सफलताको सिढी चढेका व्यक्ति हुन् ।धैरै सुचना प्रविधी क्षेत्र का लागि जन शक्ति अभाव छ हामी लाई सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।उनले विभिन्न स्थान मा जव फ़ेयर चलाएर सुचना प्रविधी क्षेत्र मा जनशक्ति लाई रोज़गारी प्रदान गरि रहेका छन ।

सफलताका सुखद पाटालाई अनुभुत गरिरहेका सञ्चालक केसीले सुचना प्रविधिको राजधानी सिलिकन भ्यालीमा रहेको सिजल आईटीमा धेरै नेपालीहरुलाई रोजगारीको अवसर प्रदान गरेर नेपाली अर्थतन्त्रमा समेत योगदान दिइरहेका छन् ।