रामेछाप । जेठ ११ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा प्रजनन् स्वास्थ्य तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी पाँचदिने तालिम शनिबार सम्पन्न भएको छ ।
यहि जेठ ७ गते मंगलबारबाट सुरु भएको तालिमको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बस्नेतले समापन गरेकी हुन् । गाउँपालिका भरिका अगुवा महिला स्वास्थ्य स्वयसेविका, विभिन्न विद्यालयहरुका महिला शिक्षकहरु र विभिन्न संघसंस्थाका महिला प्रमुख तथा प्रतिनिधिहरु सहित २५ जनाको सहभागिता रहेको तालिमको उमाकुण्ड गाउँपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको हो ।
महिला तथा बालबालिका उमाकुण्ड शाखाका प्रमुख रिजु चौधरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरीप्रसाद सुवेदी, उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र पैकरा , रामेछाप वारका पुर्व अध्यक्ष अधिवक्ता पण्डव प्रसाद प्रसाई लगाएतले बोलेका थिए । तालिममा प्रजनन स्वास्थ्य सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालय रामेछापकी पव्लीक हेल्थ नर्स अन्जना भण्डारी र लैङगीक हिंसा तथा महिला अधिकारका सवालमा भएको कानुनी व्यवस्थाका बारेमा अधिवक्ता पाण्डव प्रसाईले प्रशिक्षण गरेका थिए । 
तालिममा सहभागिहरुले आफुहरुले अहिलेसम्म यस्तो तालिम लिने अवसर नपाएको भन्दै पाँचदिने तालिम व्यवहारिक र उपयुक्त रहेको बताएका छन् । यस्ता तालिमलाई स्थानीय सरकारले प्याकेजमै योजना निर्माण गरी गाउँगाउँमा लैजानुपर्नेमा उनीहरुको जोड छ ।
रामेछापको उमाकुण्डमा प्रजनन् स्वास्थ्य तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी तालिम
- प्रकाशित मिति: शनिबार, जेष्ठ ११ २०७६
- तामाकोशी