गुजरात । गुजरातको सुरतस्थित एक व्यवसायिक भवनमा शुक्रबार भएको भीषण आगलागी भएको छ । गुजरातका उपमुख्यमन्त्री नितिन पटेलका अनुसार १५ बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा उक्त क्षेत्रमा रहेको एक कोचिङ् इन्स्टिच्यूटमा पढ्ने बालबालिका रहेको जनाइएको छ । समाचार एजेन्सी एएनआईले पनि सुरत पुलिस सतिशकुमार मिश्रको उदृत गर्दै १५ जना बालबालिकाको मृत्यु भएको पुष्टि गरेको र मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।
ad ad ad
पीटीआईका अनुसार तक्षशीला कम्पलेक्सको तेस्रफ तथा चौथो तलामा आगलागी भएको थियो । १९ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै घटनमा मृत्यु भएका बालबालीप्रति शोक व्यक्त गरेका छन् । उनले गुजरात प्रदेश सरकार र स्थानीय सरकारलाई उद्धारका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।