लक्ष्मी माताले हामि सवैको रक्षा गरुन ! सुत्नु भन्दा पहिले पढ्नुहोस आजको राशिफल

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १० २०७६
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ ११ गते शनिबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ मे २५ तारिक कृष्णपक्ष षष्ठी तिथि विहान ६ वजेर ६ मिनेटसम्म उप्रान्त सप्तमी तिथि श्रवण नक्षत्र विहान १० वजेर १६ मिनेटसम्म उप्रान्त धनेष्ठा नक्षत्र,ब्रह्मयोग,वणिजकरण, आनन्दादियोग स्थिर,सूर्य वृष राशीमा,चन्द्रमा राती ११ वजेर ३१ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।



शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३३ मिनेटबाट मध्यान्ह १२ वजेर २८ वजेसम्म रहनेछ । सामान्य गुली–विहान ५ वजेर १३ मिनेटबाट ६ वजेर ५५ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ८ वजेर ३७ मिनेटबाट १० वजेर १९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर ४४ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७ वजेर १ मिनेटबाट ७ वजेर ५५ मिनेटसम्म रहनेछ ।

बार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५५ मिनेटसम्म काल वेला,६ वजेर ५५ मिनेटबाट ८ वजेर ३७ मिनेटसम्म शुभ वेला,८ वजेर ३७ मिनेटबाट १० वजेर १९ मिनेटसम्म रोग वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर १ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १ मिनेटबाट १ वजेर ४४ मिनेटसम्म चर वेला,१ वजेर ४४ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म लाभ वेला,३ वजेर २६ मिनेटबाट ५ वजेर ८ मिनेटसम्म अमृत वेला र ५ वजेर ८ मिनेटबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।

बार वेला
सूर्यास्तबाट ८ वजेर ८ मिनेटसम्म लाभ वेला,८ वजेर ८ मिनेटबाट ९ वजेर २६ मिनेटसम्म उद्वेग वेला,९ वजेर २६ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म शुभ वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर २ मिनेटसम्म अमृत वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म चर वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३७ मिनेटसम्म रोग वेला,२ वजेर ३७ मिनेटबाट ३ वजेर ५५ मिनेटसम्म काल र ३ वजेर ५५ मिनेटबाट सूर्योदयसम्म लाभ वेला रहनेछ

शुभ अशुभ राशीफल
मेषः– आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा अभिरुची बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । साथि भाईका लागि समय र धन लगानी हुनसक्छ । ऋण लगानी नगर्नु होला ।

वृषः– समयमा सामान्य सुधार आउनेछ तर सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्नेछन् ।

मिथुनः– मन चुडिनेछ,काम गर्ने बातावरण भत्किनेछ । उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । आम्दानीका मार्ग बन्द एवं खर्चका मार्ग बढि खुला हुनेछन् । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । उधारो कारोवार नगर्नु होला ।

कर्कटः– मिलेर काम नगर्नु होला । विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भोग विलासिताका सामाग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

सिंहः– ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ । कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरोसामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

कन्याः– हेलचक्र्याई गर्दा आएको अवसर पनि फुत्किनेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार भुत्तो बन्नेछ । उपलब्धिका काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्नलार्ई स्वास्थ्यले पनि कम साथ दिनेछ ।

तुलाः– काम गर्ने वातावरण विग्रिनेछ । उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला ।

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला । शैक्षिक जागरण हुनेछ ।

धनुः– दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

मकरः– कामको विचमा विचार परिवर्तन नगर्नु होला लक्ष्यमा पुग्न सकिने छैन । पारिवारिक खर्च बृद्धि हुन सक्छ । कामगर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर गरेका कामबाट कम उपलब्धि हुनेछ ।

कुम्भः– मित्रहरु टाढा हुनेछन् भने दुर्जनहरु नजिक आउने छन् । सहज रुपमा काम हुने छैनन् । धेरै विश्वास गर्दा आशा निराशामा परिणत हुनसक्छ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।

मिनः– समय आउछ पर्खिदैन विचार पु¥याउनु होला । आफ्नै प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुने छैन । धन लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापारबाट आम्दानी बढ्नेछ ।