विराटनगर, १० जेठ । मोरङ जिल्लामा विवाहमा दाइजो नदिएको भन्दै मण्डपमै फरार भएका बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मण्डपमा बेहुली छाडेर भागेका जहदा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो ।
परम्परागत रुपमा गएको जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी मागबमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए । उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।