एक बिहानै आयो फेरो यस्तो दुखद खबर ! बस र ट्रक दुर्घटना, दुई जनाको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १० २०७६
  • तामाकोशी

सिरहा, १० जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८–१० जना गम्भीर रहेका छन् ।



एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ। दैनिक नेपालबाट साभार