फेरी चम्कियो मोदीको भाग्य ! गान्धीले भने मैले चुनाब हारिसके ,कति सिट आयो मोदीको पोल्टामा

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
  • तामाकोशी

नयाँ दिल्ली (एजेन्सी) । भारतमा सत्तारुढ दल भारतीय जनता पार्टी फेरि सत्तामा आएको छ । १७ औं लोकसभा निर्वाचनको बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टी र उसको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले स्पष्ट बहुमत ल्याउने देखिएको हो । भाजापा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा चुनाव लडेको सो गठबन्ध फेरि बहुमतमा आएसँगै मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लोकसभाका ५४३ सिट मध्ये ५४२ सिटका लागि चुनाव भएको थियो । मतगणनाको पछिल्लो नतिजाअनुसार एनडीएले ३५० सिटमा अग्रता कायम गरेको छ । बुहमतका लागि २७२ सिट आवश्यक पर्छ । यद्यपी केही स्थानमा सो गठबन्धनका उम्मेदवारहरु विजयी भइसकेको भए पनि भारतीय निर्वाचन आयोगले औपचारिक रुपमा मतपरिणाम घोषणा गरेको छैन । प्रधानमन्त्री मोदी दोस्रो पटक उत्तर प्रदेशको वारणासी निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । भाजपाका शीर्ष नेताहरु लगभग सबै विजयी हुने अवस्थामा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



प्रधानमन्त्री मोदीले निर्वाचन आफ्नो पक्षमा आएपछि सामाजिक सञ्जालमा दिएको प्रतिक्रियामा ‘देशले जितेको’ बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावीसभाहरुमा राष्ट्रवादको नारालाई प्रमुखता दिएका कारण उनको दल तथा गठबन्धनले जित हात पारेको भारतीय सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् । भाजपा कट्टर हिन्दुवादी पार्टी हो । भाजपाले हिन्दु धर्म तथा राष्ट्रवादका नाममा मत मागेको थियो । हिन्दुहरुको ठूलो संख्या रहेको भारतमा धर्मकै नाममा स्थापित राष्ट्रिय स्वयम सेवक नामको हिन्दु धार्मिक संगठनको मार्गनिर्देशनमा बनेको भाजापाको जित भएको हो ।
यस्तै चुनावभन्दा ठिक एक महिना अघि भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणलाई पनि भाजापा र प्रधानमन्त्री मोदीले राष्ट्रियतासँग जोडेर प्रचार गरेपछि २०१४ कै जस्तो जित हात पार्ने अवस्था देखिएको हो । भाजापा र उसको गठबन्धनले २०१४ मा ३३६ सिटमा जित हात पारेको थियो । भारतको इतिहासमा गैर काँग्रेसले दोस्रो पटक बहुमतको सरकार बनाउन लागेको यो पहिलो पटक हो । अन्तिम मतपरिणाम शुक्रबार बिहानसम्म आउने निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच प्रमुख विपक्षी दल काँग्रेस तथा उसको नेतृत्वको गठबन्धन सँयुक्त प्रगतिशील गठबन्धन (यूपीए)ले हार ब्यहोरेको काँग्रेस अध्यक्ष राहुल गान्धीले स्वीकार गरेका छन् । मतपरिणा नआउँदै बिहीबार साँझ पत्रकार सम्मेलन गरेर उनले पराजय स्वीकार गरेका हुन् । पत्रकार सम्मेलन गरेर भाजापा तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई दिएका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘जनताको निर्णयको स्वागत गर्छु, सबैलाई धन्यावाद दिन चाहन्छु ।’ उनले भारतमा दुई विचार धाराको लडाईँ रहेको भन्दै यो लडाईँ जारी रहने प्रतिक्रिया दिए । उनले काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई चिन्ता नलिन भन्दै आगामी दिनमा सब एकजुट भएर फेरि काँग्रेसको विचार धारालाई जिताउने बताए । उनले अमेठीबाट आफुलाई पराजित गर्ने स्मृति इरानीलाई बधाई दिँदै अमेठीको राम्रोसँग ख्याल राख्न अनुरोध गरे । स्मरण रहोस गान्धी परिवारको गढ मानिएको उत्तर प्रदेशको अमेठीमा राहुल २००४ देखि लगातार तीन पटक विजयी भएका थिए । पछिल्लो पटक केन्द्रीय मन्त्रीसमेत रहेकी भाजपाकी स्मृति इरानीले उनलाई पराजित गरेकी हुन् ।

२०१४ को निर्वाचनमा ६६ सिटमात्र जितेको यूपीएले यो पटक भने केही सुधार गर्ने देखिएको छ । उसले बिहीबार अबेरसम्म ८५ स्थानमा अग्रता लिएको छ । यो पटक सबैभन्दा क्षति पश्चिम बंगालको तृणमुल काँग्रेस र तामिलनाडुको एएमडीकेलाई भएको छ । उत्तरप्रदेशमा महागठबन्धन बनाएको बहुजन समाजवादी र समाजवादी पार्टी पनि भाजपालाई रोक्न असफल भएको छ ।