रामेछाप । जेठ ६ गते,कैलाश खत्री ,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाको पुर्व योजना तर्जुमा बैठक सोमबारबाट सुरु भएको छ । नगरपालिकाको सभाहलमा सुरु भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का , प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी,पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा लगाएत नगरपालिका भित्र रहेका क्षेत्रगत कार्यालयका प्रतिनिधिहरुले आफ्नो सुझाव राखेका छन् । १४ वडाका वडाध्यक्षहरु , नगरकार्यपालिका सदस्यहरुले लगातार हुने बैठकमा आ–आफ्नो धारणा राख्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । 
सहभागिहरुलाई बैठकमा आर्थिक बर्ष २०७६÷७७ को योजनाका बारेमा योजना शाखाका प्रमुख गोविन्द कट्टेलले जानकारी गराएका थिए । आर्थिक बर्ष २०७६÷७७ मा मन्थली नगरपालिकालाई २० करोड , ५९ लाख पुर्ण बजेट प्राप्त हुनेछ भने त्सबाट वडा स्तरमा ७ करोड ९९ लाख बजेड विनियोजन हुने बताइएको छ । कार्यक्रममा मनथली नगरपालिकाले निति कार्यक्रममा प्रथामिकतामा पर्ने क्षेत्रहरुको बारेमा समेत जानकारी गराएको छ ।
शिक्षा क्षेत्रमा ६० लाख , लक्षित वर्गका लागि ६० लाख , कृषि तथा पशुपालन योजनाका लागि १ करोड , नगर स्तरका गौरवका आयोजनामा २ करोड , म्याचिङ फण्डको लागि ८ करोड र आपतकालिन सडक मर्मतका लागि ४० लाख रुपैया छुट्याउने बारेको बिषयबस्तु टेवल भएको छ । टेवल भएको विषयबस्तु माथि प्रत्यक वडाका
वडाध्यक्षहरुले घनिभुत छलफल गरी असार १० गते नगरसभाको आयोजना गरी आफ्नो बजेट निति तथा कार्यक्रम पेश हुने र असार मसान्तभित्र बजेट पास गरी कार्यान्वयमा लैजाने मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिए ।
मन्थली नगरपालिकाको पुर्व योजना तर्जुमा बैठक
- प्रकाशित मिति: सोमबार, जेष्ठ ६ २०७६
- तामाकोशी