बिमान दुर्घटना, पाँच जनाको मृत्यु

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ५ २०७६
  • तामाकोशी

५ जेठ – होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।