४० लाख लागतमा माकादुममा रहेको सिद्धदेवी मन्दीर पुननिर्माण गरिदै

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ५ २०७६
  • तामाकोशी

रामेछाप । जेठ ५ गते,
रामेछाप जिल्लाको खँडादेवी गाउँपालिका वडा नम्बर ६ मामकादुममा रहेको प्रसिद्ध सिद्धदेवी मन्दीरको पुननिर्माण गरिने भएको छ । २०७२ सालको महाभूकम्पले क्षेती गरेको मन्दीर पुननिर्माणका लागि शनिबार एक कार्यक्रमकाबिच पुर्व सांसद एवं नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेल र गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सिलन्यास गरेका छन् । मन्दीर पुननिर्माणका लागि ४० लाख रकम खर्च हुने अनुमान गरिएको छ । मन्दीर पुननिर्माणका लागि लाग्ने उक्त रकम गाउँपाकिा र स्थानीय भक्तजनहरुको सहयोगमा व्यवस्था गरिने सिद्धदेवी मन्दीर संरक्षण समितिका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिएका छन् । पुननिर्माण गर्दा देवीको मुख्य मन्दीर सहित ४ वटा मन्दीर निर्माण गरिने छ ।