काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लाग्नुभएको हो ।
पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड जान लाग्नु भएको खबर आजको नेपालसमाचार पत्र दैनिकले लेखेको छ । निर्मल निवास स्रोतका अनुसार उहाँ करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लाग्नुभएको हो । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । गएको फागुन देखि परिवारसहित झापा बस्दै आउनु भएको छ ।