ओली र प्रचण्डले एक साथ् यसरि सम्झीए मदन भण्डारीलाई

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

३ जेठ काठमाडौं । शुक्रबार बिहानै बल्खुमा नेकपाले मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवस मनायो । कार्यक्रमको सञ्चालन महासचिव विष्णु पौडेलले गरे भने अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मन्तव्य व्यक्त गरे । ओली र प्रचण्डको मन्तव्यमा केही पार्टीगत विषय थियो, केही चाहिँ राष्ट्रिय राजनीतिसँग जोडिएको विषय थियो ।

विसं. ०५० साल जेठ ३ गते दासढुंगा भन्ने ठाउँबाट त्रिशुलीमा जीप खस्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठनविभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको अहिले २६ वर्ष बितिसकेको छ । उनीहरुका गाडी चालक अमर लामाको कीर्तिपुरमा गोली हानी हत्या भएको १६ वर्ष बितिसकेको छ ।



साविकको एमाले र वर्तमान नेकपाले हरेक जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । यही सिलसिलामा शुक्रबार बल्खुमा विशेष समारोहको आयोजना गरिएको थियो । तर, त्यहाँ बोल्ने नेकपाका नेताहरुले शुक्रबार मदन–आश्रितका योगदानहरुको मात्रै चर्चा गरे, उनीहरुको हत्या भएको हो या दुर्घटना भन्नेबारेमा बोलेनन् । बरु शुक्रबार नै राजधानीमा आयोजित अर्को कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले चाहिँ सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रक्रिया सुरु भएको बताएका थिए ।

मदन र आश्रितको हत्या भएको थियो या दुर्घटना ? यो विषय अहिलेसम्म अन्योलमै राखिदै आएको छ । तर, उनीहरुका चालक अमर लामाको भने हत्या नै भएकोमा कुनै शंका छैन । विगतमा एमालेले यसको दोष माओवादीलाई लगाउँदै आएको थियो । तर, माओवादीले लामाको हत्यामा आफूहरुको कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

तथापि शुक्रबार बल्खुको विशेष कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले हत्या वा दुर्घटनामा प्रवेश नगरिकनै मदन भण्डारीका विषयमा बहस गरे ।

मदन भण्डारीको योगदानका विषयमा प्रचण्डको भनाइको सार यस्तो थियो–

‘हामीले अन्धो भएर पार्टी एकता गरेका हैनौं । हामीले जनताको जनवादलाई तत्कालका लागि र समाजवादलाई रणनीतिका रुपमा… । जनताको जनवादलाई पनि समाजवादउन्मूख जनताको जनवादका रुपमा भनेर जे लिपिवद्ध गरेका छौं, त्यो वैचारिक धरातलमा टेकेर हामी छौं र आउने जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनसम्म पुग्दा विश्व कम्युनिष्ट आन्दोलनका पनि रचनात्मक र सकारात्मक महान बहसका वीचबाट, विज्ञानको विकास प्रयोगबाट हुन्छ । विज्ञानको विकासका सबैको मेहनतबाट हुन्छ र सही विचार वर्गसंघर्षका अनुभवहरुको संश्लेषणबाट हुन्छ । केपी ओली र मैले हस्ताक्षर गर्दै गर्दा हामीले भनेका थियौं, हामीले विचारलाई पनि परिमार्जन र विकसित गर्नेछौं । नेपालबाट समाजवादको एउटा नयाँ मोडेल दिने आँट गर्नेछौं भनेका छौं । हामीले त्यसो गरेनौं र पुरानै कुरा दोहो¥याइराख्यौं भने हामी वैज्ञानिक चाँहि हुन सक्दैनौं ।’अनलाइन खबरबाट साभार ,