रामेछापमा चिर्पट प्रहार गरेर श्रीमानद्धारा श्रीमतीको हत्या

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

रामेछाप, जेष्ठ ३ गते ।
रामेछाप जिल्ला लिखु तामाकोसी गाँउपालिका वडा नं. ३ नागीमा आफ्नै श्रीमानद्धारा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेको छ । ५१ बर्षिय श्रीमान निरबहादुर दमाइले आफ्नै श्रीमती ५० बर्षिय धनकुमारी दमाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए ।
विहिबार दिउसो ३ बजे आफ्नै घरको चुल्लोमा खाना पकाउन लागेको बेलामा अगेना नजिकै रहेको उत्तिसको चिरुवा चिरपट दाउराले निधार र टाउकोमा प्रहार गरी हत्या गरेको बयानमा स्वीकारेको प्रहरीले जनाएको छ ।
हत्याको अभियोग लागेका निरबहादुर दमाइलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।