रामेछाप, जेष्ठ ३ गते ।
सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विद्येयक संसोधनको माग गर्दै रामेछापका पत्रकारहरु सडकमा उत्रेका छन् । पत्रकार महासंघ रामेछापको अगुवाइमा शुक्रबार विहान करिव १ घण्टा मन्थली बजार देवकोटा चोकमा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् ।

विद्येयकले तोकेका निति नियमले स्वतन्त्र प्रेसलाई प्रबर्धन गर्नुभन्दा प्रतिबन्ध लगाउने भन्दै संसोधनको माग गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले बताए । विद्येयकमा उल्लेखित व्यवस्थाले साना लगानीका मिडियाहरुलाई निरुत्साहित गर्नेगरी ल्याएको आन्दोलनमा उत्रेका पत्रकारहरुले आरोप लगाएका छन् ।
नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामग्री प्रकाशन तथा प्रतिष्ठामा आँच पु¥याएमा सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आम संञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा समाचारदातालाई २५ हजार रुपैया देखि १० लाख सम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख छ ।
उल्लेखित बुदाहरु संसोधन गर्न माग गर्दै लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई पनि आन्दोलित हुन उनीहरुले माग गरेका छन् ।