रामेछाप । जेष्ठ २ गते,
रामेछापको सदरमुकाम मन्थलीमा ब्रम्हा विष्ण महेश्वर उत्पत्ति भएको भन्दै स्थानीयहरु दैनिक पाठपूजामा लागेका छन् । मन्थली नगरपालिका १ स्थिति मन्थमाली पर्ने मन्थली मावि माथिको सानीमदौ सामुदायीक वन क्षेत्र भित्र ब्रम्हा, विष्णू, महेश्वर उत्पत्ति भएको भन्दै स्थानीयहरुले पूजा आजा गर्न लागेका हुन् । 
एक वर्ष अघि स्थानीय लोकबहादुर श्रेष्ठलाई कम्पन आएपछि उनी सो ठाउँमा पुगि ब्रम्हा विष्णु महेश्वरको शिला पत्ता लगाएको स्थानीय भक्तजनहरुको भनाई रहेको छ । जंगलको भिरालो भागमा रहेका शिलालाई स्थानीयले ब्रम्हा, विष्णु, महेश, देवी, नाग भनि पूजा आजा गर्ने गर्दछन् । सो स्थानमा पूजा गर्नको लागि दैनिक रुपमा भक्तजनहरु जाने गर्दछन् । शिला पत्ता लगाउने लोकबहादुरले सो स्थानमा दैनिक नित्य पूजा गरी रहेका छन् । अन्य भक्तजनहरु पनि दैनिक जसो सो स्थानमा पुग्ने गर्दछन् । आपूmहरुलाई भगुवान प्रति विश्वास भएकोले पूजा अर्जचनाको लागि आउने गरेको सो स्थानमा पुगेका भक्तजनहरुले बताए । सो क्षेत्रमा भगुवानका शिला यत्रतत्र छरिएर रहेकाले त्यसको संरणको लागि घेराबार गरि सो स्थानलाई धार्मीक स्थलको रुपमा विकास गर्नु पर्ने स्थानीय भक्तजनहरुको माग रहेको छ ।
मन्थलीमा ब्रम्हा विष्णु महेश्वर उत्पत्ति भएको भन्दै पूजाआजा
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २ २०७६
- तामाकोशी