रामेछापको पुरानागाउँ स्थित कालिदेवी मन्दीरमा प्रतिक्षालय निर्माण

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २ २०७६
  • तामाकोशी

रामेछाप । जेष्ठ २ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ फोस्रेमा रहेको ऐतिहासिक कालिदेवी मन्दीरमा प्रतिक्षालय निर्माण गरिएको छ । भुमेथान घुमाउँनेगैरा सामुदायिक वन उपभोक्ता समितिले निर्माण गरेको उक्त प्रतिक्षालयको विहिबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले उद्घाटन गरेका छन् ।



सामुदायिक वन उपभोक्ता समितिको श्रमदान तथा आर्थिक संकलनबाट निर्मित उक्त प्रतिक्षालयको उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख खड्काले पुरानागाउँमा मात्रै प्रख्यात कालिदेवी मन्दीरलाई प्रचार प्रसार गरी सवैतिर प्र्याउन आवश्यक रहेको बताए ।
उनले पुरानागाउँमा रहेको थानापति महादेव र कालिदेवी मन्दीरको आवश्यक प्रचार प्रसार र पुर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नका लागि आफुले समन्वयात्मक भुमिका निर्वाहा गर्ने बताए । खड्काले पुरानागाउँमा रहेको धार्मिक स्थालहरुलाई पर्यटन प्रवद्र्धन संग जोड्न आवश्यक योजना ल्याउँन वडाध्यक्षलाई आग्रह पनि गरे । कार्यक्रममा बोल्दै नेकपा नेता आनन्द श्रेष्ठले फरक खालको पहिचान र पर्यटन प्रवद्र्धनको ठुलो संभावना बोकेको कालिदेवी मन्दीरको प्रचार प्रसार गर्न अत्यवश्यक रहेको बताए । मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँका वडाअध्यक्ष

बुद्धीबहादुर पुलामी मगरले पुरानागाउँमा रहेका पर्यटन प्रवद्र्धनको संभावना भएका धार्मिक स्थलहरुको पहिचान गरिसकिएकाले यी धार्मिक स्थलहरुको प्रचार प्रसार संगै आवश्यक अन्य व्यवस्था गुरुयोजना मार्फत गरिने बताए ।

भुमेथान घुमाउँनेगैरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ , पुरानागाउँ स्वास्थ्य चौकीका प्रमुख राजकुमार आरण , नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले पुरानागाउँको पहिचान बोकेको धार्मिक स्थलहरुको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकारले ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

????????????????????????????????????

प्रतिक्षालय उद्घाटन कार्यक्रममा रुद्री पँुजा गरि त्रिसुल र घण्टी समेत चढाइएको भुमेथान घुमाउँनेगैरा सामुदायिक वन उपभोक्ता समितिका सचिव मानप्रसाद श्रेष्ठले जानकारी दिए । कालिदेवी मन्दीरमा पँुजा गरे घर शान्ति, परिवार शान्ति हुने धार्मिक विश्वास छ ।