यौन प्यास मेटाउदै राजधानी ! दिउसै हुन्छ यौनजन्य कार्य अनि युवतीको मोलमोलाइ

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २ २०७६
  • तामाकोशी

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो ।
परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका बिभिन्न ठाउ जमल,रत्नपार्क,कलंकि,बसपार्क र चावहिलमा साधा पोसाकका पुलिस परिचालन गरेका छन् ।