तेजस रेग्मी र रिना केसीलाई फाप्यो”भगेरी चरी”महिना दिन मै २० लाख भन्दा बढीले हेरे(भिडियो)

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १ २०७६
  • तामाकोशी

चक्र साउद आर.सी,काठमाडौं – पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेका छन् । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । केहि महिना अगाडी मात्रै बजारमा आएको “भगेरी चरि”ले छोटो समयमा नै चर्चाको सिखरमा चढन सफल भएको छ । तेजेस रेग्मी र रिना केसीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको गीत “भगेरी चरी”गीतले सार्वजनिक भएको महिना दिन पछी २० लाख भन्दा बढी दर्शकले गीतलाई माया गरेका छन ।
तेजेश रेग्मीको लय तथा शब्द सृजना रहेको उक्त गीतको युटुबमा अत्याधिक सकारात्मक कमेन्टहरुले बास गरेको छ र आम दर्शक स्रोताले सालको पात टपरी गीतको संज्ञा दिएका छन् ।

उक्त म्युजिक भिडियोमा सतिस अधिकारि, संगम शर्मा, तेजस रेग्मी र पुजन घिमिरेको दमदार अभिनय रहेको छ । मुजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका छन । सम्भु चालिसेको उत्कृष्ट छायांकन भएको यो गितको भिडियो सम्पादन भने सुजन शाहीले गरेका छन् । S3k entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतले पनि उस्तै माया पाएको छ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । हेरौ भिडियो :