मानिसहरू खाना खाने बेलामा होस् या अन्य समयमा सलादका रूपमा काँचो सागसब्जी प्रयोग गर्छन् । तर, किनेर ल्याइएको सागसब्जीलाई सोझै सलादका रूपमा प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् । यस्ता सागसब्जीमा विषादी तथा कीटाणुहरू सक्रिय हुनाले सागसब्जीलाई सलादका रूपमा प्रयोग गर्नुपूर्व तातोपानीले पखालेर प्रयोग गर्नुपर्दछ ।
खाद्यान्न र तरकारी शुद्ध, ताजा तथा विषादीमुक्त हुनुपर्ने चिकित्सकहरू बताउँछन् । गर्मीमा माछामासुभन्दा सागसब्जी उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा तरकारीलगायत खानालाई ताजा राख्न फ्रिजमा राख्छन् । बजारबाट किनेर ल्याएको तरकारीमा विषादीको प्रयोग अवश्य हुन्छ । तर, ल्याउनेबित्तिकै फ्रिजमा राख्दा विषादी नष्ट हुँदैन ।
त्यसैले तरकारीलाई केही ओइलाएर मात्रै फ्रिजमा राख्नुपर्छ ।’ गर्मी याममा अस्वस्थकर खानपिनले झाडापखाला, टाइफाइट, ज्वरो, हेपटाइटिस ‘बी’लगायत पानीबाट सर्ने रोग लाग्छ । त्यसैले खानपिनमा विशेष ध्यान दिन चिकित्सकहरू सल्लाह दिन्छन् ।
#स्वास्थ्य खबर