टंकको यस्तो हालतमा बाधिए संग्लोले ! बृद्ध बाबुआमा झन् चिन्तित

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३१ २०७६
  • तामाकोशी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ सुठौलीका टंक प्रसाद न्यौपानेको मानशिक सन्तुलन गुमेपछि उपचार अभावका कारण घरमै साङ्गलो बाँधिएर बसेका छन् ।

निम्न आए स्तर भएका परिवारका न्यौपाने विगत ५ वषदेखि मानशिक रोगको शिकार भएका छन् । तर आर्थिक अवस्था कमजोर भएपछि परिवारले उपचार गराउन सकेका छैनन् ।



उनले घर परिवार र छरछिमेकमा उपद्रो मच्चाउन थालेपछि बाध्य भएर परिवारले नै काठको मुढामा साँगोले उनलाई बाँधेर राखेका छन् । बृद्ध बाबुआमाको रेखदेख गर्नु्पर्ने उमेरको छोरालाई उल्टै पशुसरह साङ्गले बाँधेर राख्नु पर्दा असह्य भएको छ उनका परिवारलाई ।

अति विपन्न उनीहरुको घरमा बिजुलीसम्म छैन । भएको सोलार प्यानल टंकले फोडेपछि अहिले टुकीको भर पर्नुको विकल्प छैन । भएको खेतबारी बेचे पनि उपचार लागि पर्याप्त पैसा नभएपछि उनलाई घरमै यो अवस्था राख्नु परेको परिवारको गुनासो छ ।

उनका लागि वडा कार्यालयले सहयोगको अपिल गर्दै एउटा सिफारिस बनाइदिएको छ । उनकी आमा त्यही कागज देखाएर घर–घरमा सहयोग जुटाउदै हिँडिरहेकी छन् । न्युज 24 बाट साभार