रामेछापको मन्थलीमा प्राङगारिक खेती सम्बन्धी छलफल

  • प्रकाशित मिति: बिहिबार, बैशाख २६ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २६ गते,
रामेछापको सदरमुकाम मन्थलीमा विहिबार प्राङगारिक खेती सम्बन्धी एक कार्यक्रमको आयोजना गरिएको छ । कृषि ज्ञानकेन्द्र रामेछापले आयोजना गरेको कार्यक्रममा रामेछाप जिल्लाका सरकारी कार्यालयहरुका प्रमुख एवं. प्रतिनिधि , कृषि क्षेत्रसंग सम्बन्धीत गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि , जिल्लाका अगुवा किसानहरुको सहभागिता रहेको थियो ।
कृषि ज्ञान केन्द्र रामेछाप र दोलखा क्षेत्रका प्रमुख सुर्य प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका पूर्व सदस्य तारानारायण श्रेष्ठ , तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेल , जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी , नेपाली कांग्रेसका नेता विष्णु बस्नेत र समाजवादी पार्टीका जिल्ला संयोजक सोनाम ग्यापक लगाएतले प्राङगारिक कृषि प्रवद्र्धनका विषयमा आआफ्ना विचार राखेका थिए । उनीहरुले प्राङगारिक खेती विना नेपालको अर्थतन्त्र माथि उठ्नै नसक्ने धारणा व्यक्त गरे । किसानलाई सहुलियत दिई आगर्निक कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।