भनिन्छ, धेरै खाएमा अमृत पनि बिष हुन्छ । ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ । मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन ।
आँप खाँदाको असरहरु यस्ता छन्ः
ब्लड सुगर लेभल बढ्छः
आँपमा चिनीको मात्रा धेरै हुन्छ । जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ । यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ ।
तौल बढ्न सक्छः
एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ । यसले तपाईंको तौल बढाउन योगदान दिन्छ । यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ । यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन ।
सफाईमा ध्यानः
आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ । त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ । यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ । आँपले एलर्जी पनि आउन सक्छ ।
पाचन पक्रियामा असरः
कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।
#ऐजेन्सी